वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी

काठमाडौं पुस ५ — वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । भने जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याएको छ ।...

पार्टीका शीर्ष नेतासहित रसुवा पुगे ओली

काठमाडौं पुस ४ एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चिनिया नाका रसुवाको भ्रमण गरेका छन।  अध्यक्ष ओली पार्टीका शीर्ष नेतासहित हेलिकोप्टरमा रसुवागढी पुगेका हुन् । एमालेका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल विष्णु पौडेलका साथमा ओली चिनिया नाकाको अवलोकनका लागि रसुवागढी पुगेका हुन्। नाका अवलोकन गर्न रसुव...

फोरमको हिमाली र पहाडी क्षेत्रमा निराशजनक मत

काठमाडौं पुस ४- संघीय समाजवादी फोरम नेपालले निवार्चनमा देशभर ४ लाख ७० हजार मत प्राप्त गरेको छ । त्यसमा मतबढि तराई प्रदेशबाट बढि आएको देखिन्छ । हिमाली र पहाडी क्षेत्रबाट फोरमलाई कम मत आएको पाइन्छ । पहाडका जिल्लाबाट सो पार्टीले समानुपातिकतर्फ ३० हजार मत पनि ल्याउन सकेन । त्यैगरी फोरमले आदिवासी जनजातिको मात्र बसोबास र...

राष्ट्रपतिलाई दलको कार्यकर्ताजस्तो व्यवहार नगर्न राजेन्द्र श्रेष्ठको आग्रह

काठमाडौं, ३ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कुनै दलको कार्यकर्ताजस्तो व्यवहार नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले एमाले माओवादीको समर्थनमा शेरबहादुर देउवा सरकारले बुझाएको अध्यादेश अनुमोदन गर्न नमानेपछि श्रेष्ठले सो आग्रह गरेका हुन् । देउवा ...

विराटनगरमा पर्खाल भत्किन्दा १ को मृत्यु, ३ जना घाइते

  विराटनगर पुस ३— मोरङको विराटनगर–४ स्थित केशलिया खोलानजिकै निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा एक कामदारको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् । आइतबार साँझ अचानक कारखानाको पर्खाल भत्किँदा सोही कारखानामा कार्यरत दुहबी– १३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरीको...

दलहरुबीच देखिएको विवादलाई सहमतिको निचोडमा लैजान राष्ट्रपति विद्यादेवीकोआग्रह

काठमाण्डौ पुष २-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनको प्रक्रियाका विषयमा दलहरुबीच देखिएको विवादलाई सहमतिका आधारमा निचोडमा पु¥याउन अग्रसरता देखाउनुभएको छ । राष्ट्रपतिले राष्ट्रियसभा गठन, नयाँ सरकार निर्माण र समसामयिक विषयमा शुक्रबार र शनिबार गरी प्रधानमन्त्री एवं नेपाली कँग्रेसका सभापति शेरबहादुर द...

प्रदेश नम्बर १ को राजधानी दावि गर्ने जिल्लाहरुकोे सरकारले सरकारी भौतिक संरचनाको अवस्थाको अध्यायन सम्पन्न

काठमाण्डौ मंसिर २९, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले प्रदेश नम्बर १ को राजधानी माग गरिरहेका पूर्वका केहि जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्थाका बारेमा अध्यायन गरेको छ । प्रदेशको राजधानीको दावि गरीरहेको जिल्लाहरु धनकुटा, विराटनगर, इटहरी र धरान रहेको छ । भौतिक संरचना अध्ययनमा प्रादेशिक मन्त्रालय...

पोखरामा जैविक विविधता र जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने

२९ मंसिर, पोखरा । विज्ञान प्रविधि तथा अनुसन्धानमूलक संस्था सात्विक नेपालको आयोजनामा पोखरामा जैविक विविधता र जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी फागुन २ र ३ गते अन्तर्रा्ष्ट्रिय सम्मेलन हुन लागेको हो । पर्यटकीय गन्तव्य पोखरामा आयोजना हुन लागेको यस सम्मेलनले नेपालक...

रेशम चौधरीमाथी अन्याय भएको भन्दै सामाजिक संञ्चालमा विरोध

  रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निर्वाचनमा चौधरी ३४ हजार ३सय ४१ मत ल्याएर उनले विजय हासल गरीसकेको छ  । उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाहले १३ हजार ४सय ६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९सय ३५ छ । उनले यति धेर...

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

गौशाला, २७ मंसिर (रासस) ; प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार २८० मत बदर भएको हो । कूल तीन लाख १७ हजार ६७९ मतदाता रहेको महोत्तरीमा सम्पन्...