झापामा कडा खालको रोगको संख्या बढ्दै

भद्रपुर, माघ १८ -झापाको जिल्ला जनस्वास्थ्य कार्यालयले लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जानकारी दिएको छ । आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिएको कार्यलयले जानकारी दिएको छ । त्यसैगरी आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रो...

बिद्यालयकोे २ कोठे पक्की भवनको उदघाटन

  बेलबारी माघ १८ - मोरङको बेलबारी १ मा रहेको जनता आधारभुत बिद्यालयको स्वर्ण महोत्सबको अबसर बिद्यालयले निर्माण गरेको २ कोठे पक्की भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उदघाटन गरेका छन । सांसद बिकास कोष मार्फत प्राप्त भएको १६ लाख रुपैँयाको लागतमा सो भवन निर्माण भएको हो । पुर्ब सांसद दिलिप गच्छदार...

प्रदेश नं १ को कार्यालय र मन्त्रालय भवनको मर्मत–सम्भारको लागि सात करोड

काठमाण्डौ माघ १८ -प्रदेश नं १ को कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताएका छन । प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गर...

मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

झापा । दमक-२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा ...

गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता

रोल्पा, माघ१८ -एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका छन । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी गरेको हो । २०४२...

आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी

सुनसरी माघ १८ - अख्तियार दुरुपयोग अनुुुुसन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरोपसहित अख्तिय...

भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै, यस्तो छ कार्यतालिका

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आउँदै छिन् । वायुसेनाकै विशेष विमानमा उनी आज अपरान्ह साढे तीन बजे काठमाडौं आउने छिन् । उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखल र सहमसचिवद्धय सुधाकर दलेला र रबिश कुमार पनि आउने छन् । औपचारिक घोषणा नगरिएपनि विदेशमन्त्र...

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीद्धारा आफूलाई मार्ने धम्की दिएको भन्दै सुरक्षा माग्दै सिडिओ कार्यालयमा निवेदन

काठमाण्डौ माघ १७ -वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै सुरक्षा माग्दै बुधबार बिहान सिडिओ कार्यालय गएर निवेदन दिएका छन । जिल्ला प्रशासनमा जिउज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले बताए । सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद...

आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने -उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ माघ १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छ, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनु पर्ने बताएका छन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गदै २१ औं शताब्दीला...

दुई सय मानिसले दिएको रगत चढाएर म बाँच्न सफल भएँ-अभिनेता अमिताभ बच्चन

काठमाण्डौ माघ १७- सुन्न सक्ने क्षमता नभएका बच्चाहरूका लागि आर्थिक सहयोग जुटाउन भारतको मुम्बईमा एउटा च्यारिटी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अभिनेता अमिताभ बच्चन जीवनमा पटक–पटक ठूला स्वास्थ्य समस्यासँग जुध्दै बाँच्न सफल भएको बताए । दिवालीको दिन मेरो हातमा पटाका थियो, जुन पड्कियो र मेरो पूरै हात जल्यो...