उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु, ३ घाइते

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।   कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।...

टानको अध्यक्षमा दाहाल निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गर्नुभएको थिय...

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने भएको छ। सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्न गत कात्तिक १ गते ध्यानाकर्षण गराएको थियो। तर, आयोगले कार्यदल नै गठन गरेर गराएको अध्ययनले प्राविधिक कठिनाई हुने प्रतिवेदन तयार गरेको थियो। नि...

काँग्रेस चुनाव प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

भीमदत्तनगर, १२ कात्तिक ।  आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि उम्मेदवार टुंगो नलागे पनि निर्...

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने, मृतकको संख्या ३० पुग्यो

राजविराज, ११ कात्तिक ।  राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको बोदे बरसायन नगरपालीकाको प्रमुख आतिस सिंहले ज...

एक पुलिस डिसपीको दादागिरिले विर्तामोड तनावमाः राजनीतिक दल

कात्तिक,११ झापा ।स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए । बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जना...

त्रिशुली नदीमा खसेर बस दुर्घटनामा १९ जनाको मृत्यु,अझै २० जना हराइरहेका

धादिङ, ११ कात्तिक । राजविराजबाट काठमाडाँै आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर...

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो

कात्तिक११ , धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले ११ जनाको मृत्यु भए पनि पहिचान नखुलेको अनलाइनखबरलाई जानकारी दिए ।   सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्...

रातीको सुरक्षा जिम्मा सेनालाई, विर्तामोडमा जनता त्रसित

काठमाडौं । सेना परिचालन गर्न अनुमती मागेको स्थानीय प्रशासनले नेपाली सेनालाई सडकमा उतारेको छ । कर्र्फ्यू आदेश जारी गरेसँगै सडकमा उत्रिएको सेना रक्षा मन्त्रालयको सहमतीपछि सडकमा नै गस्ती गर्न थालेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए । शुक्रबार राती हाम्राकुरासँग कुराकानी गर्दै डिएसप...

छठ मनाउने क्रममा डुबेर मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–३ स्थित पोखरीमा छठ मनाउने क्रममा आज एक जना युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका कटैया निवासी उमेश साहका २० वर्षीय छोरा भूपेन्द्र रहेको प्रहरीले जनाएको छ । साहको छठ मनाउँदै गरेको अवस्थामा पोखरीमा पौडने क्रममा डुबेर ज्यान गएको स्थानीयवासीले जनाएका छन् । भूपेन्द्र काठमाडौँ...