मधेसमा रोकिएन फोरम नेपाल प्रवेशको लहर

पर्सा, ३ कात्तिक । निर्वाचनको मिति नजिकिदै जाँदा तराई मधेसमा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेहरुको लहर चलेको छ । मधेसका विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजीवी र सामाजिक अगुवाहरु पछिल्लो समय फोरम नेपालमा प्रवेश गर्न थालेका छन् । यही क्रममा शुक्रबार वीरगञ्जमा पाँच जना प्रभावशाली व्यक्तिहरु फोरम नेपालमा प्रवेश ग...

पहाडी भागमा पनि संघीय फोरममा प्रवेशको लहर

काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका नेता डा कृष्णकुमार राई संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । राईका साथमा माओवादी केन्द्रका नेता दिपक राई र स्वतन्त्र व्यक्ति तोयानाथ पौडेल समेत संघीय फोरममा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम नेपाल खोटाङ–काठमाडौ सम्पर्क समितिले शुक्रबार तिनकुनेस...

विवेकशिल पार्टीका उम्मेदवार रविन्द्र मिश्रले थाले चुनावी घरदैलो

The country is begging for change...you have my blessings! (देशले परिवर्तन खोजिरहेछ... तपाईंलाई मेरो आशीर्वाद छ!) -- डा भेषबहादुर थापा आजदेखि घरदैलो अभियान पनि शुरू गरियो। यात्राको अन्तिम विन्दुमा पुग्दा सँगै हिँडिरहेका मित्रले भने, “यो डा भेषबहादुर थापाको घर हो। हुनुहुन्छ कि हेर्ने?” मैले तुरून्तै फोन गर...

राजेन्द्र महतोले पहाडे मूलकी महिलालाई छिराएपछि राजपामा हंगामा

काठमाडाैं, १ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाका लागि समानुपातिकको बन्द सूचीमा एकजना पहाडे मूलकी महिला राखेको विषय पार्टीभित्र खैलाबैला मच्चिएको छ । तिनै महिलाको विषयमा विवाद लम्बिदा राजपाले सोमबार बिहान ४ बजे मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगलाई बुझाउन सक्यो। ‘न उहाँ राजपाको कुनै...

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

काठमाडौँ, १ कात्तिक । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्...

फोरम-राजपा गठवन्धनले सप्तरीका चारै सिट जित्न सक्छ

अाउने संसदीय र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउला भन्ने कौतुहलता अहिले देखिनै सुरू भएको छ। त्यसमाथि पनि एमाले र माओवादीले वाम गठवन्धनको घोषणा गरेपछि काँग्रेस र अन्य पार्टीहरूले पनि गठवन्धन र तालमेलको प्रयास गरेका छन्। मधेसका दुई प्रमुख शक्ति संघीय समाजवादी फोरम र राजपाले पनि चुनावी तालमेलको घोषणा गरिसकेका छन्। ...

राप्रपाको देशभर प्रशिक्षण कार्यक्रम

काठमाडौँ, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी कात्तिक २७ गते ७५ वटै जिल्लामा जिल्ला अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । पार्टीको आज सम्पन्न प्रशिक्षण भेलाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई ध्यानमा राखेर सो प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले ज...

मन्त्रिपरिषद्म जिम्मेवारी हेरफेर

काठमाडौँ, ३१ असोज ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरी नेकपा ९माओवादी केन्द्र० बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शह...

बादल समानुपातिकमा परेनन्, ओनसरी र जयपुरीको भाग्य चम्कियो

काठमाडौं । माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) समानुपातिक उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, आइतबार निर्वाचन आयोगमा बन्दसूची बुझाउँदा माओवादीका शीर्ष नेताहरु समानुपातिकमा परेनन् । बादल अन्ततः चितवनबाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् । माओवादी उच्च स्रोतका अनुसार बादल चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने...

बालकोटमा केपी ओली र ईश्वर पोखरेलको असक्षमता छताछुल्ल

काठमाडौं । विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याउँदै हिँडेका एमाले नेता केपी ओली आइतबार दिनभरि बालकोटस्थित आफ्नो निवासमा चिटचिट पसिना काढ्न बाध्य भए । महासचिव ईश्वर पोखरेलको व्यवस्थापकीय कमजोरी पनि बालकोटमा राम्रैसित झल्कियो । निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका दिएको थियो ...