राजविराज । चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ । चुनावी गठबन्धनमा पार्टीले थोरै सीटमा तालमेल गरेका कारण असन्तुष्ट नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । यसअघि छिटफुट रुपमा पा...
