Bal-Umang

Bal-Umang

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए उनले भने,’पेट्रोल र डिजेल तथा मट्टितेलमा मूल्य घटेकाे हाे।’

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको नगमले जनाएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार