मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बुटवल । पाल्पाबाट मनकामना दर्शनका लागि हिँडेको बस नवलपुरमा दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटनामा परेको हो ।

पाल्पाको रम्भा गाउँपालिका- १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका- २ मथारमा आज बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ ।

बस दुर्घटनामा २३ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङटारका अनुसार पाँच जनाको शव भेटिएको र अन्यको खोजी कार्य जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार