रौतहटबाट ३ थान नक्कली नोटसहित एक जना पक्राउ

रौतहट । रौतहटको गौरबाट नेपाली नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलियाका जयप्रकाश साह रहेका छन् ।

शनिवार दिउसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो ।

उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ । साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साह गौर बजारमा ठेला व्यवसाय गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार