‘वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना तत्काल छैन’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् ।

साेमबार बसेको सचिवालय बैठकपछि उनले अहिले कुनै वाम एकता, सहकार्य वा गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।

साथै उनले एमालेले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको पनि बताए । आफूहरूले कसैलाई प्रस्ताव नगरेको बरु उनीहरूले कांग्रेससँग बार्गेनिङ गर्नका लागि सुनियोजित रूपमा प्रचार गरेको बताए ।

यस्तै एमालेको सचिवालय बैठक घनश्याम भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नै नगरी सकिएको छ । भुसालमाथिको कारबाही सिफारिसबारे कुनै छलफल नभएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार