बाबुराम भट्टराईको गृहनगरमा नेकपा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

नेकपा एमाले–जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा माओवादीका विवश चिन्तन ६ हजार ७२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१६ मत ल्याए ।

त्यसैगर उपप्रमुखमा माओवादीकै बन्दना पाण्डे ५ हजार ७७ मतसहित निर्वाचित भएकी छन् । यो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार