लुम्बिनी आइपुगेका मोदीले भने, ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु’

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् ।

त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् ।

उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।

नेपाल ओर्लिए लगत्तै मोदीले ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको’ प्रतिक्रिया दिए ।

उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार