नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट भएको छ ।

शुक्रबार भएको विस्फोटमा परेर कम्तीमा एक सय जनाको मृत्यु भएको छ । तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन।

पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएको छ।

नाइजेरियाका स्थानीय सञ्चार माध्यमले एक सय जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन् ।

यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार