पर्यटनमन्त्री आले सवार गाडीलाई ठक्कर दिने कारका चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा पवन कडायत भन्ने चालकले हाँकेको बा ४ च १३७७ नम्बरको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिएको थियो ।

धनगढी प्रहरीले चालक कडायतलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । कडायतले हाँकेको सो गाडीले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिनुअघि सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

त्यहाँबाट भाग्ने क्रममा उच्च गतिमा रहेको कार सीधै मन्त्रीको गाडीमा ठोक्किएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार