समाजवादी दलित मुक्ति संगठन बर्दियाको अध्यक्षमा चमार

बर्दिया : समाजवादी दलित मुक्ति संगठन बर्दियाको जिल्ला भेला आज सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी दलित मुक्ति संगठन बर्दियाको अध्यक्षमा उक्त भेलाले धनिराम च्मारलाई चयन गरेको छ ।

उपाध्यक्ष शुसिला सुनार, सचिव उषा पासी, कोषाध्यक्ष लक्ष्मी पासी, सह सचिव गौरी सुनार, सदस्यहरुमा जगदीश पासी, बलराम चमार, सुनिल रैदास, रामकुमार पासी, ओम कुमार पासी, रिन्कु पासी, शारदा पासी, अरन्ता पासी, शान्ति पासी रसरोजनी पासी छन् ।

जातिय भेदभावलाई उन्मुलन गरी सम्मुनत समाजको निर्माणमा मुक्ति संगठन सक्रिय रहने सभापति तथा लुम्बिनी प्रदेश दलित मुक्ति संगठन संयोजक साबित्री विकले बताइन् ।

कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेशकी कृषि मन्त्री सुमन शर्माले कृषि कार्यक्रमबारे लक्षित गर्दै साना किसानलाई समेट्ने योजना ल्याउने बताइन् । उनले धान क्षतिको राहतबारे प्रष्ट पार्दै सरकारले बनाएको कार्ययोजनाअनुरुप राहत वितरण हुने जानकारी दिइन् ।

राहत क्षति विवरण संकलनमा वडा अध्यक्षहरुले गरेको विभेदको निन्दा समेत गरिन् । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला पदाधिकारीको उपस्तिथि रहेको थियो । कार्यक्रम तारा बहादुर सुनार सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार