विद्युत महसुल मङ्सिरबाट वृद्धि गर्ने तयारी

विद्युत नियमन आयोगले विजुलीको शुल्कमा वृद्धि गर्ने भएको छ । लामो समयदेखि समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि आयोगले शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।

आयोगले सार्वजनिक सुनुवाइबाट आएका सुझावहरुलाई समावेश गरी वित्तीय विष्लेषण गरेर मङ्सिर १ गते बाट शुल्क समायोजन गर्ने आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिनुभयो ।

विदेशबाट आयत गरिएको ग्यास, इन्धन लगायतलाई कम गर्न आयोगले विद्युत खपतलाई वृद्धि गर्ने भएको छ । यसका लागि आयोगले बढी विद्युत प्रयोग गर्नेलाई सस्तो शुल्कमा उपलब्ध गराउने भएको छ ।

यता पाँच एम्पिएरको फ्युज जडान गरेका विपन्न परिवारलाई २० युनिटसम्म विद्युत छुट दिने भएको छ ।

कृषिमा उत्पादनलाई वृद्धि गर्ने लक्ष्यले सिँचाइका लागि कम महसुल तोक्ने, विद्युतमा लगाइएको राज्यको कर छुट गरी सस्तोदरमा उपभोक्तालाई विद्युत वितरण गर्ने आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिनुभयो । गाेरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार