रोकिएन विप्लवको चन्दा आतंक (पत्रसहित)

पछिल्लो समय शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उद्योगी तथा व्यवसायीहरुसँग चन्दा असुल्ने काम भने जारी राखेको छ ।

हाल नेकपाको युवा संगठनले देशमा वैज्ञानिक समाजवाद ल्याउनका लागि आफूहरुले संघर्ष गरिरहेको भन्दै सोका लागि आर्थिक सहयोग गर्न विभिन्न उद्योगी तथा व्यवसायीहरुलाई पत्र पठाइरहेको छ ।

पाटन जंगलीले हस्ताक्षर गरेको युवा संगठन नेपाल लेखिएको एक पत्रमा आप्mनो संगठनको चौथो राष्ट्रिय सम्मेलन हुन लागेकोले आर्थिक सहयोग गर्न अनुरोध गरिएको उल्लेख छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने, ‘उहाँहरुले दुई पटक पत्र पठाइसक्नुभएको छ, फोन गरेर पनि पैसाको कुरा गर्नुहुन्छ । भनेजति पैसा कसरी दिने हामीलाई पनि अप्ठेरो परिरहेको छ ।’

२०७८ असार २ गतेको मितिमा लेखिएको पत्रमा सो संगठनको सम्मेलनको मितिबारे केही उल्लेख छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार