पत्रकार बन्न अब जाँच दिनुपर्ने, प्रतिष्ठान गठन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।

सरकारका प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका हुन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठनलाई ’गेमचेन्जर’ भएको टिप्पणी गरे ।

कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्न जरूरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रलायमा गठन आदेश पठाइएको छ’, मन्त्री गुरुङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार