अब उपत्यका प्रवेश गर्नेहरु क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं , ललितपुर र भक्तपुरले विश्वभर फैलँदै गएको नयाँ भेरिएन्टको कोभिड-१९ महामारी नेपालमा पनि फैलिएको भन्दै उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

यो सँगै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडीओहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख गरिएको छ ।

सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका अन्य गतिविधि बन्द हुने र उक्त नियम उल्लङ्घन गरे कडा कारवाही हुने वताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार