वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा (आदेशसहित )

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंका सिडीओका अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द हुने भएको छ ।

यो अवधिभर निजी र सार्वजनिक सवारी साधन दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।

यसअघी तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार