महादेव हिन्दुहरुको मात्र देवता हुन खसका देव त मष्टो हुन् : अध्यक्ष कार्की

आधुनिक खस विद्वानहरुमा महादेवप्रती विशेष लगाव देखिन्छ । तर ऐतिहासिक तथ्यले त्यस्तो मान्यतालाई गलत सावित गरिदिन्छ । सिन्धुघांटी सभ्यतामा फेला परेका जिवाशेष र चित्रहरुमा घोडा देखिदैन । बाघ, हात्ती र साँढे देखिन्छन । आर्यहरुका देवता इन्द्र उच्चैश्रवा नामको घोडा चढ्छन । घोडाले तान्ने रथ चढ्छन ।

घोडा मध्यपूर्व, मध्य एसियातिरको जनावर हो । भारतीय उपमहाद्विपमा घोडा थिएन । आर्य र मध्य एसियायीहरुले घोडा भारतमा ल्याएका हुन । महादेवले गोरुको सवारी गर्छन अर्थात महादेव घोडा नपाइने इलाकाका देवता हुन । खसहरु घोडासंग परिचित थिए । स्वभावत: उनीहरुका देवता घोडाभन्दा जुम्सो जनावर गोरुको सवारी गर्छन भन्ने कल्पना गर्ने कुरै हुँदैन । बरु हिमालको तल्लो उपल्लो काँठमा गधा खच्चर पाइन्छ । अर्थात खसहरु गधा खच्चरसंग परिचित थिए ।

एउटा आश्चर्य लाग्ने विषय के छ भने वाल्मीकि रामायणमा रावणको उड्ने पुष्पक विमान नामको रथमा १२ वटा गधा जोतिएका थिए भनेर लेखेको देखिन्छ । रावणको कथा कल्पना तिब्बततिरको जस्तो देखिन्छ । अर्थात जसरी आर्यहरुको सवारीको साधन घोडा थियो, त्यसैगरी खसहरु पनि घोडा र खच्चरसंग परिचित थिए ।

घोडा खच्चरको सवारी गर्ने खसहरुले आफ्ना देवतालाई गोरुमा चढ्थे भनेर मान्थे भन्ने कल्पना गर्न्न कसरी सकिन्छ र ? जसरी महादेवको भेषभुषा र गहनाले दक्षिण भारतीय देवता भन्ने प्रमाणित गर्छ त्यसैगरी उनको सवारीको साधनले पनि हिमालय पर्बतभन्दा दक्षिणको भनेर सावित गर्छ ।स्वभावत: खसहरुको उद्गम हिमालय पारी हो भन्ने कुरा इतिहास प्रमाणित तथ्य भएकोले आफ्ना देवतालाई गोरुमा चढाउन सक्छन भन्ने कल्पना तथ्यसंगत लाग्दैन ।

लेखक युवराज कार्की विश्व मस्टो महासघको केन्द्रीय अध्यक्ष हुन । आसन जनगणना मा खस जातीको पहिचान आर्य भन्दा फरक हो । आर्य हरुले खसको धर्म सस्कृति र धेरै बर्ष लगाएर धर्मान्तर गराएका हुन । सविधानत आर्य र खस छुट्याउनु पर्छ भनेर यि लामो समय देखी राजनीतिकरुपमा पनि आवज उठाउदै छन । जसपा केपालका केन्द्रीय कार्यकारिणी सदस्य हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार