वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सिफारिश गरेकोमा त्यसबारे निर्णय हुने भएको छ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्दको निर्णय लिन लागेको बुझिएको हो ।

विद्यालय जाने उमेरका केटाकेटीमा समेत कोरोना संक्रमण बढेपछि सरकारले फेरि बन्दको निर्णय लिन लागेको हो । आजैबाट देशका शहरी क्षेत्रका कतिपय विद्यालय बन्द गरिएका छन् ।

सरकारले भीडभाड हुने क्षेत्रमा समेत रोकथामको उपायबारे निर्णय लिन लागेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार