लहान बम विस्फोटमा संलग्न आरोपमा दुईजना पक्राउ

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् । उनीहरुलाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही चैत १ गते भएको विस्फोटमा आठजना घाइते भएका थिए । घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको थियो ।

पक्राउ परेका दुवैले आफूलाई प्रेसरकुकर बम रामकुमार यादवले दिएको बताएका छन् । प्रदेश नम्बर–२ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ परेका दुवैजनाको सम्बन्ध गोइत समूहसँग देखिएको छ । उनीहरुको साथबाट पेस्तोल र गोली समेत बरामद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार