बालुवाटारमा खनालले भने – ओलीले एक्लौटी निर्णय फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एकता हुन नसक्ने बताएका छन् ।

आज दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले पार्टीलाई २ जेठ २०७५ कै अबस्थामा फर्काउनु पर्ने बताएका हुन्।

२३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक नेपाल पक्ष ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।

बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका थिए । यसअघि कलंकीमा बसेको माधव पक्षको बैठकले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो ।

बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार