प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् ।

बिहीवार विराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको भेटघाटमा बोल्दै ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन् ।

साथै उनले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेका बताए।

देश विकासका लागी कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाई छ । उनले भने( ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो ।’

आन्तरिक भागभण्डा नमिले पछि कम्युनिष्टहरुले देशलाई दुर्घटना तर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ । कांग्रेस अहिले पनि परिस्थिति लाई समालेर जान तयार रहेको भन्दै नैतिकता हिन सरकारलाई माओवादी केन्द्रले समर्थन दिराख्ने जनता समाजवादीले कुनै प्रष्ट निर्णय नलिने अनि सरकारको विकल्प दिन कांग्रेसले ध्यान दिनुपर्ने सबैले बुझ्नु पर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार