समाजवादी ट्रेड युनियन महासंघ महिला समितिकाे अध्यक्षमा शाक्य

पोखरा । समाजवादी ट्रेड युनियन महासंघले १११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरको छ । महिला श्रमिकको सामाजिक सुरक्षा, समानता र रोजगार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त अवसरमा समाजवादी ट्रेड युनियन महासंघको महिला समिति सोनाम लामा शाक्यको अध्यक्षतामा ३७ सदस्यीय समिति घोषणा गरिएको छ ।

कार्यक्रममा जसपा केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले आर्थिक समानता विना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

लैङ्गिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीय रुपमा बढिरहेको र शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको उनको भनाइ छ ।

कार्यक्रममा महिला नेतृ सुश्मा राईले स्वागत र कल्पना राइले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा जसपा नेतृ सुशीला श्रेष्ठ, महासंघका अध्यक्ष लालधोज नेम्बाङ, श्रमिक नेता प्रचण्ड पौडेल, अर्जुन लम्साल, रिम वस्याल, अमृत पुरी, बिष्णु पौडेल, शारदा भट्टराई लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार