पल शाह विवादमा, कुटपिट गरेको सार्वजनिक

काठमाडौंँ । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका अभिनेता पल शाह विवादमा मुछिएका छन् ।

बिहीबार अभिनेता शाहले आफूमाथि दुर्व्यवहार गरेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।

अध्यक्ष प्रधानले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित पलले लिखित माफी माग्नुपर्ने माग समेत राखेका छन्, उनले यदि पलले माफी नमागे प्रदेश नम्बर-१ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।

पल को निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि कुटपिट गर्दै आक्रमण गरेको प्रधानले आरोप लगाएका छन् ।

प्रधानले शाहको दुरव्यवहारविरुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार