ओलीले संकटकाल लगाए एक महिनामा नै फिर्ता हुन्छः प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल नलाग्ने दावी गरेका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संकटकाल नलाग्ने र लागेपनि एक महिना मै फिर्ता हुने बताएका हुन् ।

संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको उनको भनाइ थियो ।

यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि अब देशले निकास पाउने उनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार