२४० जनामा कोरोना पुष्टि हुँदा ४७७ जना डिस्चार्ज, ६ जनाको मृत्यु

 31 पटक हेरिएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमित थपिएका छन् भने शनिबार ४७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ५८ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार