निर्वाचनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल बनाउन निर्देशन दिएका छन् ।

बिहीबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफलमा ओलीले भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएका थिए । ‘सर्वोच्चमा परेको रिटको सुनुवाइ विषयमै प्रवेश गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार