अविश्वासको प्रस्ताव सामना गर्न नसक्ने प्रधानमन्त्री भगौडा हुन् : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन्। 

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापालेकेपी  ओली क्रान्तिकारी नभएर भगौडा भएको बताए।

अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने उनको भनाइ छ। 

‘प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले सम्बोधन गर्दै भन्नुभयो–हामी क्रान्तिकारी हौँ’, नेता थापाले भने, ‘होइन प्रधानमन्त्री क्रान्तिकारी होइनन्, संसद छोडेर भागेका भगौडा हुन्। क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्नुहुन्थ्यो।’ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार