संसद विघटनविरूद्ध काठमाडौंमा राँके जुलुस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा राँके जुलुसमा निकालेका छन् । संसद विघटनको विरोधमा विद्यार्थीहरूले राँके जुलुसमा निकालेका हुन् ।

प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

बिहीबार साँझ बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै माइतीघरबाट बानेश्वरसम्म विद्यार्थी, नेता-कार्यकर्ता सम्मिलित प्रदर्शनकारीले संसद् विघटनको विरोधमा विभिन्न नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार