‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकियो

काठमाडौं । नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ ।

गत कात्तिक १ गतेबाट बाँकी छायाँकन सकाउने भन्दै सुरु भएको फिल्म बुधबारबाट रोकिएको हो । निर्माण युनिटले दुई गीत र केही दृश्यको छायाँकन पछि गर्ने गरेर फिल्मको छायाँकन रोकेको हो । अब फिल्मको सुटिङ माघ महिनापछि हुने बताइएको छ ।

अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतका मुख्य भूमिका रहेको फिल्म यसअगाडि गत चैत्रमा कोरोनाको कारणले रोकिएको थियो ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार