नेकपा विवाद : सचिवालयमा सहमति जुटेन, दुबै अध्यक्षकाे प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएकाे विवादबारे स्थायी कमिटीमा छलफल हुने भएकाे छ ।

शनिवार बसेको सचिवालय बैठकले सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।

सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीमा छलफल गरेर पार्टीको विवाद समाधान गरिने जानकारी दिए ।

उनका अनुसार आइतबार एक बजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘दुबै प्रस्ताव पेश गरी छलफलमा लगिने छ ।’ उनले भने ।

गत कात्तिक २८ गतेको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए ।

दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार