कोरोनाविरुद्धको भ्याक्सिन मंगलबारबाट लगाउन सुरु गरिने

एजेन्सी । बेलायतमा कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन मंगलबार लगाउन सुरु गरिने भएको छ। बेलायतमा सबैभन्दा पहिला वेल्सका नागरिकले भ्याक्सिन पाउने भएका छन्।

गत बुधबार नियामक निकायले फाईजरको भ्याक्सिनलाई अनुमति दिएको थियो। बेलायतले सबैभन्दा पहिले कोरोनासँग लड्ने भ्याक्सिन एनएचएस कर्मचारी र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिने छ।

कर्मचारीमा पनि सफाईकर्मी र क्याटर्सजस्ता पदमा कार्यरत अप्राविधिकहरुलाई भ्याक्सिनको प्राथमिकतामा राखिएको छ।

आगामी सातासम्म कोरोना भ्याक्सिनको ८ लाख डोज उपलपब्ध हुने बेलायतले विश्वास व्यक्त गरेको छ। त्यसपछि जोखिमको आँकलनका साथ सबै नागरिकमा कोरोना भ्याक्सिन लगाउने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार