नेकपा विवाद : स्थायी कमिटीकाे काम छैन भन्दै बैठकमै कड्किए ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे अडान कायमै राखेका छन्। शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा उनले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका हुन् ।

पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए ।

नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’

नेताहरुले बैठकमा ओलीलाई सहमतिबाट अघि बढ्ने भए अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न गरेको आग्रहमा ओलीले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार