काठमाडौंमा २३९१ सहित उपत्यकामा थपिए ३ हजार १०७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडाैं उपत्यकामा थप ३ हजार १०७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लाे २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

जस अनुसार काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना छन् । यस्तै काठमाडौंसहित देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

यस्तै नेपालमा आज एकैदिन अहिलेसम्म कै बढी थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार