५ हजार ७४३ जनामा काेराेना संक्रमण, २९ सय ९६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको छ।

हिजाे मंगलबार ३ हजार ९३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार