उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । उद्योग बाणिज्य महासंघको कार्यकारिणी एक सदस्यलाई पनि कोरोना (कोभिड १९) संक्रमण देखिएको छ ।

नेपालगञ्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण देखिएको हाे । उनले महासंघभित्र पनि कोरोना छिरेको भन्दै सबै व्यवसायीले स्वास्थ्य सजगता अपनाउनुपर्ने बताए ।

उनी कोभिड १९ व्यवस्थापनमा सक्रिय रहने क्रममा संक्रमित भएको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिएका हुन् ।

महासंघका अर्का केन्दीय सदस्य अन्जन श्रेष्ठले पनि कृष्णप्रसाद श्रेष्ठ कोभिड संक्रमित भएको बताउँदै उनको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नेपालगञ्जमै रहेका श्रेष्ठको स्वाब परीक्षण शुक्रबार पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार