थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार