वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोना

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मेयर सरावगी आफैँले फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

उनले वीरगञ्जलाई बचाउन पीसीआर मेशिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको व्यवस्थापन गरेको एवम् क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएको उल्लेख गर्दै जनताको सेवामा लाग्दालाग्दै आफू संक्रमणको चपेटामा परेको बताएका छन्।

‘वीरगञ्जलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परीक्षणको अभियान सञ्चालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ’ उनले लेखेका छन्, ‘तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार