चीन हिमाली मुलुक भुटानसँग किन विवादकाे अवस्था निम्त्याउँदै

एजेन्सी । चीनले कोरोना संक्रमणको महामारीका कारण देशभित्र र बाहिरबाट आलोचना खेपिरहेका बेला उक्त आलोचनाबाट जनताको ध्यान मोड्नका लागि चीनले एसियाका विभिन्‍न मुलुकसँग विवादकाे अवस्था निम्त्याउँदै छ।

चीनले भारतको हिमाली क्षेत्र लद्दाखको गलवानी भ्यालीमा हिंसात्मक झडप भएपछि अहिले चीनले भुटानसँग विवाद सिर्जना गरिरहेको छ । भारत-चीनबीचको विवादले हिंसाको रुपमा लिएको थियो । जसमा २० भारतीय सेना मारिएका थिए ।

त्यसैगरी भुटानसँगको चीनले आर्थिक संकट लगाउनसक्ने संकेत देखिएको छ । ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटीकव अनलाइन बैठकका साक्तेङको विकास गर्ने विषयमा छलफल भइरहेको क्रममा चीनले आफ्नो दाबी गरेको हो ।

भुटानले चीनसँगको सीमा वार्ता जारी भएको र यो सीमा अहिलेसम्म नर्धारण भइनसकेको जनाएको छ । सीमा निर्धारणका लागि मन्त्रीस्तरीय २४ पटक वार्ता भइसकको छ । २५ औं चरणको वार्ता कोरोना महामारीका कारण रोकिएको भारतस्थित भुटानी अधिराज्यको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण विवादित सीमाहरुका बारेमा अर्को चरणमा वार्ता हुन्छ । जुन चाँडै पारस्पारिक सहमतिका आधारमा हुनेछ । भुटान-चीन सीमा निर्धारण भइसकेको छैन । यसका लागि सीमा वार्ता जारी छ ।”

चीनले भुटानको साक्तेङ वन्यजन्यु आरक्षलाई आफ्नो दाबी गरिरहेकाबेला भुटानले यस्तो विज्ञप्ति जारी गरेको हो । भुटानको रासी-गाङ्‌ग जिल्लामा पर्ने उक्त क्षेत्रमा चीनले आफ्नो दाबी गरिरहेको छ ।

भुटानले चिनियाँ दाबी तत्काल अस्वीकार गर्दै उक्त क्षेत्रको विकासका लागि रकम विनियोजन भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार