हङहङको स्वतन्त्रता संकटमा : पत्रकार संघको रिपोर्ट

एजेन्सी । हङकङ पत्रकार संघले सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदन अनुसार हङकङको स्वतन्त्रता संकटमा परेको छ । हङहङमा पत्रकारहरुलाई समेत हिंसा, आतंकवादी आक्रमण र देशद्रोह भड्काएको भन्दै मुद्दा नियन्त्रणमा लिने र यातना दिने गरिएको जनाइएको छ ।

“शक्तिले कानुनलाईसमेत उल्लंघन गरेको र राष्ट्रिय सुरक्षा कानुनका नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कुल्चिएको छ । अहिले अवस्था त तपाईं ठीक नहुँदा पनि ठीक छु भन्‍नुपर्ने अवस्था रहेको छ । यदि तपाईंले ठीक छैन भन्‍नुभयो भने समस्या पर्नुपर्ने स्थिति रहेको छ,” उक्त रिपोर्टमा भनिएको छ ।

उक्त प्रतिवेदनमा सरकारी तहबाट कुनै प्रतिक्रिया जारी नगरे पनि प्रो बेइजिङ हङकङ फेडरेसन ट्रेड युनियनका प्रमुखसमेत रहेका नेशनल पिपुल्स कंग्रेसका कार्यकारी स्टेनली नग चाउ-पेइले सामाजिक सञ्‍जालमा भनेका छन्, “विगतका वर्षहरुमा हङकङमा हिंसालाई समर्थन गरिएको थियो, आतंकवादी आक्रमणहरु गरिएका थिए । यो क्रम रोक्नका लागि अहिले नयाँ कानुन ल्याइएको छ ।”

उनले थपेका छन्, “पत्रकारका यस्ता गतिविधि पनि निकै लाजमर्दो रहेका छन् । उनीहरुलाई पनि राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत ल्याएर कारबाही गर्नुपर्छ । र, हङकङलाई न्याय दिइनुपर्छ ।”

हङकङका लागि चीनले यसअघि जारी गरेको नयाँ कानुनको चौतर्फी आलोचना भइरहेको छ । बेलायतले आफूसँगको सम्झौता चीनले उल्लंघन गरेको जनाउँदै हङकङबासीहरुलाई नागरिकता उपलब्ध गराउनेसम्मको प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार