कोरोना संकटको फाइदा उठाउँदै चीन

एजेन्सी । अहिले चीनबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । सयौंदिनसम्मको लकडाउनका कारण विभिन्‍न मुलुकको अर्थतन्त्र तहसनहस भएको स्थिति छ ।

कोरोना महामारीको सबैभन्दा पहिलो निशाना बनेको मुलुक इटालीमा मेडिकल उपकरणको वितरण तथा कोरोना संक्रमितको उपचारका लागि अथवा परामशर्का लागि भनेर चिनियाँहरु त्यहाँ पुगेका थिए ।

“माफियाका लागि महामारी ठूलो अवसर बनेको छ । यदि तपाईंलाई भोक लागेको छ भने तपाईंलाई रोटी आवश्यक छ । तपाईं हेर्नुहुन्‍न कि त्यो कुन तावामा पाकेको हो र यो कसले वितरण गरिरहेको छ । त्यसैगरी तपाईंलाई औषधि आवश्यक छ भने पनि तपाईं पैसा तिर्नुहुन्छ र त्यो औषधि खरिद गर्नुहुन्छ । तपाईं हुर्नुहुन्‍न कि त्यो कसले बेचिरहेको छ । यही बाध्यात्मक स्थितिलाई ध्यानमा राखेर इटाली लगायतका कोरोना आक्रान्त मुलुकमा चिनियाँ माफियाहरु सक्रिय भएका छन्,” इटालीको एन्टि-माफिया मजिस्ट्रेट र प्रहरी कार्यालयले भनेको छ ।

यही मौकामा माफियाहरुले कोरोनाले ध्वस्त बनेका मुलुकहरुमा अवैध धन ल्याएर वैध व्यापारहरु गरिरहेका छन् । फोहोर व्यवस्थापन, यातायात, बहुसेवा कम्पनी, सरसफाईं, तेल र खाद्यान्‍न, मेडिकल उपकरणहरुलगायतको व्यापार गरिरहेका छन् । जुन अहिले कोरोना महामारीका कारण अत्यावश्यक तर त्रासले गर्दा अधिकांश व्यवसाय ठप्प भएको अवस्थामा उनीहरुले सेवा दिइरहेका छन् ।

वास्तवमा उनीहरुले अहिले खाली ठाउँ भरेर आफू स्थापित हुने ध्याउन्‍नमा लागिरहेका छन् । उनीहरुले विभिन्‍न समस्यामा परेका कम्पनीहरुलाई शेयर किनेर नगद दिइरहेका छन्, जागिर गुमाएकाहरुलाई नगद उपलब्ध गराइरहेका छन् र जुन उनीहरुले तिर्न नसक्ने मुल्यमा घरसम्पत्ति किन्‍ने काम गरिरहेका छन् ।

विगत १०-१५ वर्षदेखिको यो नयाँ गतिविधिहरु देखिन थालेका छन् । इटालीको सबैभन्दा बढी प्रभावित भएको बेरगामो प्रान्तमा वैध माफियाको बिगबिगी बढेको छ । यो स्थिति निरन्तर रहेका कोरोना महामारी अन्तपछि थप ठूलो संकट पैदा हुने निश्‍चित छ ।

इटालीबाहेकका युरोपेली मुलुकमा समेत यस्ता गतिविधिहरु सञ्‍चालन भइरहेका छन् । फोर्ब्स पत्रिकाका अनुसार चीनले फेसन, लक्जरी कम्पनी, हाइ-टेक उत्पादनहरु, मनोरञ्‍जन र फुटबल टिमलाई समेत खरिद गरेको छ । उनीहरुले मृत्यु भएका व्यक्तिका पासपोर्टहरु बनाएर मानिसहरुले कालो व्यापार सञ्‍चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार