‘अमेरिकी स्वास्थ्य संस्था र कोरोनासम्बन्धी अनुसन्धान गरिरहेका संस्थामाथि चिनियाँ आँखा’

वाशिङ्टन । चिनियाँ गतिविधिबाट विश्व नै त्रसित बनिरहेको अवस्थामा अमेरिकी एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनले पछिल्लो पटक अमेरिकी स्वास्थ्य संस्था, फर्मास्टिक्युल कम्पनी र एकेडेमिक इन्स्टिच्युसनमा आँख गाडेको खुलासा गरेका छन् ।

उनले करिब ५ हजार एफबीआई काउन्टरइन्टेलिजेन्स केसहरुको अनुसन्धान भइरहेको र ती केसहरु चीनसँग सम्बन्धित भएको जानकारी दिएका छन् । “हामी अहिले चिन-सम्बन्धित काउन्टर इन्टेलिजेन्स केसहरुको अनुसन्धानको बिन्दुमा पुगेका छौं । जहाँ हरेक १० घण्टामा एउटा नयाँ केस आउने गरेको छ,” उनले भने ।

चीन सरकारको जासुसी र सूचनाको चोरी, अमेरिकाको भविष्यका लागि अहिलेसम्मको सबैभन्दा ठूलो दीर्घकालीन खतरा बताएका छन् । उनले चीनले थुप्रै स्तरमा अभियान चलाइरहेको, विदेशमा बस्ने चिनियाँ नागरिकलाई निशाना बनाउन सुरु गरेको, उनीहरुलाई फिर्ता हुन बाध्य बनाएको र अमेरिकाको कोरोनाभाइरस माथिको अनुसन्धानलाई कमजोर बनाउन कोसिस गरेको आरोप लगाएका छन् ।

क्रिस्टोफरले भने, “यो सबैभन्दा ठूलो दाउ हो । चीनले जसरी पनि संसारको एक्लो सुपरपावर बन्ने कोसिस गरिरहेको छ ।” एफबीआई निर्देशकले चीनको यो खतराबारे अबका हप्तामा अमेरिकी अटोर्नी जनरल र विदेशमन्त्रीले पनि ध्यान दिने बताएका छन् ।

अमेरिकी अधिकारीको यो भाषण यस्तो समय आएको हो जब अमेरिका र चीनबीच कोरोना महामारी र चिनियाँ एप्सको विषयमाथिको तनाव चरम स्थितीमा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना महामारीका लागि लगातार चीनको आलोचना गरिरहन्छन् र चीनमाथि संसारभरी कोरोना फैलाएको ठाडो आरोप पनि लगाउँछन् ।

यसबाहेक यसै हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका चीनमा बनेको एप्सलाई प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको जसमा टिकटक पनि समावेश भएको जानकारी दिएका थिए । पोम्पियोले भने, “यी एप्स चिनियाँ कम्युनिष्ट पार्टीको निगरानी गर्ने सरकारको एउटा माध्यम हो ।”

मंगलबार लगभग एक घण्टा लामो भाषणमा एफबीआई निर्देशकले चीनले कसरी बाधा पारिरहेको सबिस्तार बताए । उनले भने, “चीनले आर्थिक जासुसी गरिरहेको छ, डाटा र पैसा चोरिरहेका छन् र अवैध राजनीतिक गतिविधिमा पनि जुटेको छ जसमार्फत् उसले घुस र ब्ल्याकमेलको सहारामा अमेरिकी नीतिलाई प्रभावित पार्ने कोसिस गरिरहेको छ ।”

रेले भने, “आज हामी यस्तो स्थितीमा उभिएक छौं जहाँ एफबीआईले हरेक १० घण्टामा चीनसँग जोडिएको गोप्य मामिला दर्ता गर्नु परिरहेको छ । अहिले देशभरी यस्ता ५ हजार मुद्दा दर्ता छन् जसमा लगभग आधा चीनसँग सम्बन्धित छन् ।”

एफबीआई निर्देशकले बताए अनुसार चिनियाँ राष्ट्रपति शी जिनपिङले नयाँ कार्यक्रम सुरु गरेका छन् जसको नाम हो – फक्स हन्ट । यसमार्फत् विदेशमा बसिरहेका ती चीनियाँ नागरिकलाईनिशाना बनाइँदैछ जुन चिनियाँ सरकारका लागि खतरा मानिएको छ ।

उनका अनुसार यसमा राजनीतिक प्रतिद्वन्द्वी, असन्तुष्ट र आलोचक समावेश छन् जो चीनमा जारी मानवाधिकार उल्लंघनलाई उजागर गर्न चाहन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार