चीनलाई भुटानको जवाफ: सीमावार्ता जारी छ, निर्धारण भएको छैन

एजेन्सी । कोरोना संक्रमणको महामारीकाबीच चीनले एसियाका विभिन्‍न मुलुकसँग विवाद सिर्जना गरेाएका छन् । हिमालयन मुलुक भुटानले चीनसँगको सीमा वार्ता जारी भएको र यो सीमा अहिलेसम्म नर्धारण भइनसकेको जनाएको छ ।

सीमा निर्धारणका लागि मन्त्रीस्तरीय २४ पटक वार्ता भइसकको छ । २५ औं चरणको वार्ता कोरोना महामारीका कारण रोकिएको भारतस्थित भुटानी अधिराज्यको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण विवादित सीमाहरुका बारेमा अर्को चरणमा वार्ता हुन्छ । जुन चाँडै पारस्पारिक सहमतिका आधारमा हुनेछ । भुटान-चीन सीमा निर्धारण भइसकेको छैन । यसका लागि सीमा वार्ता जारी छ ।”

चीनले भुटानको साक्तेङ वन्यजन्यु आरक्षलाई आफ्नो दाबी गरिरहेकाबेला भुटानले यस्तो विज्ञप्ति जारी गरेको हो । भुटानको रासी-गाङ्‌ग जिल्लामा पर्ने उक्त क्षेत्रमा चीनले आफ्नो दाबी गरिरहेको छ ।

ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटीकव अनलाइन बैठकका साक्तेङको विकास गर्ने विषयमा छलफल भइरहेको क्रममा चीनले आफ्नो दाबी गरेको हो । भुटानले चिनियाँ दाबी तत्काल अस्वीकार गर्दै उक्त क्षेत्रको विकासका लागि रकम विनियोजन भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार