जिओ मिडिया ग्रुपका प्रधानसम्पादकलाई धरौटीमा रिहा गर्न अस्वीकार

लाहोर । लाहोर उच्च अदालतले पाकिस्तानको सबैभन्दा ठूलो मिडिया जिओ मिडिया ग्रुपका प्रधानसम्पादक मिर साकि-उर रहमालाई धरौटीमा रिहा गर्न अस्वीका गरेको छ। पाकिस्तान नेतृत्वको सरकारले मिडियालाई दबाउने रणनीति अनुरुप रहमानलाई धरौटीमा रिहा गर्न अदालतले समेत अस्वीकार गरेको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो मिडिया ग्रुप जंग तथा जीओका प्रधानसम्पादकरहमानलाई गत वर्ष प्रहरीले नियन्त्रणमा लिएको थियो । पाकिस्तानको भ्रष्टाचारिरुद्ध अनुसन्धान गर्ने निकाय एनएबीले रहमानलाई ३४ वर्षअघिको एक सम्पती खरीद गरेको कुरालाई गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिएको हो ।

पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुको बारेमा अनुसन्धानमुलक पत्रकारीताको लागि जंग र जिओ मिडिया ग्रुप चर्चित रहि आएको छ। रहमान सो मिडिया ग्रुपको ३४ वर्षदेखि प्रधानसम्पादक रहि आएका छन्।

रहमानको पक्राउको पाकिस्तानको पत्रकारीता जगत र अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेले विज्ञप्ती निकाली विरोध जनाएका थियो । अहिले पनि अदालतको आदेशविरुद्ध प्रदर्शनहरु भइरेका छन् ।

आईएफजेले पाकिस्तानी पत्रकारहरुको संघीय युनियन पीएफयूजेसँग ऐक्यबद्धता जनाउँदै रहमानको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कम्पनीमा काम गर्ने श्रमजिवीहरुको काम र अधिकारप्रतिको हस्तक्षेप भएको उल्लेख गर्दै गम्भिर चासो व्यक्त गरेको छ ।

एनएबीलाई देशको कानुन तथा आफ्नै नियम बिरुद्ध गएर पक्राउ नगर्न इस्लामावाद उच्च अदालतले दिएको आदेश बिरुद्ध गएर पक्राउ गरेकोमा पीएफयूजेले बिरोध गरेको छ ।

पक्राउ परेका सम्पादक रहमानले न्यूयोर्क टाइम्सलाई बताए अनुसार सरकारले मिडिया ग्रुपका सम्पादक, संवाददाताहरु र उत्पादकहरुलाई हटाउन दवाव दिएको अन्यथा मिडिया नियमक निकायको प्रयोग गरि टेलिभिजन च्यानल बन्द गर्न दवाव दिदै आएको थियो ।

पीएपयूजेका महासचिव राना मोहमम्द अजिमले कानुन कार्यान्वयन गर्ने निकायलाई आफूहरुले कुनै दवाव नदिए पनि सो मिडिया ग्रुपमा काम गर्ने सबै पत्रकार र श्रमजीवीको हित रक्षाका लागि उभिने बताएका थिए । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार