ओली सरकार संकटमा परेसँगै नेपालमा चिनियाँ जासुसको सक्रियता

काठमाडौँ- नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएका छन्।

भारतीय सुरक्षा स्रोतका अनुसार नेपालमा कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीको रुपमा चीनले जासुसीको संख्या बढाउनुका साथै उनीहरुको सक्रियतासमेत बढेको बताइएको छ ।

चिनियाँ गुप्तचर संस्था ‘मिलिटरी अफ स्टेट सेक्युरिटी’ को उपस्थिति नेपालमा बढाइएको छ । चीनको विदेशी जासुसी गर्ने गुप्तचर प्रहरी संगठन एमएसएस हो ।

त्यसैगरी नेपाल-भारत सीमा विवादमा पाकिस्तानले आफ्नो फाइदा लिने प्रयास गरिरहेको छ । पाकिस्तानी प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्‍ने प्रयास गरिरहेका छन् ।

भारतविरुद्ध प्रयोग हुनसक्ने नेताहरुसँगको भेट पछिल्लो समय पाकिस्तानीहरुले पनि बढाएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले परराष्ट्र मन्त्रालयमा औपचारिक पत्र पठाएको छ र उक्त पत्रमार्फत प्रधानमन्त्री ओलीसँग संवादका लागि प्रस्ताव गरेको बताइएको छ ।

यससँगै पाकिस्तानी आईएसआईको संख्यामा पनि बढाइएको जनाइएको छ । ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालले पाकिस्तान र चिनियाँ दूतावासमा भेट गरेको खुलासा भएको छ । चीनले आफ्नो छिमेकीहरुलाई उचालेर भारतविरुद्ध प्रयोग गर्ने रणनीति लिएको छ ।

चीन र पाकिस्तानले नेपाललाई भारतविरुद्ध प्रयोग गरेर अर्को मोर्चा बनाउने तयारी गरेका छन् । चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई भारतविरुद्ध प्रयोगका लागि ठूलो भूमिका खेलेकी छन् ।

यान्छी यसअघि पाकिस्तानका लागि राजदूत भइसकेकी व्यक्ति हुन् । यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा सार्वजनिक भएपछि नेपाल-भारत सम्बन्धमा दरार पैदा भएको छ ।

३ नोभेम्बर २०१९ मा भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले समस्या समाधानका लागि बारम्बार वार्ताको पहल गर्दा पनि भारतले कुनै जवाफ दिएको थिएन । सभार: पब्लिक न्युज एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार