काठमाडौंका एक वृद्धको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३२ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंको बानेश्वरका ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार बुधबार राजधानीकै एक निजी अस्पतालमा मृत्यु भएका पुरुष उच्च रक्तचापका बिरामी थिए ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार