‘भारतले छिमेकीलाई ध्यान नदिँदाको फाइदा उठाउँदै चीन’

एजेन्सी। बंगलादेश कोरोना भाइरसको महामारीसँग लडिरहेको बेला भारतले ध्यान नदिँदा चीनले त्यहाँ अनुदान दिने, चिनियाँ सामग्रीमा कर घटाउनेजस्ता गितिविधिहरु गरिरहेका छन् ।

“चीनले यस अवसरका लागि लामो समयदेखि कुरिरहेको थियो । बंगलादेश र भारतबीच सम्बन्ध राम्रोसँग अघि बढेको चीनले चित्त बुझाइरहेको थिएन,”भारतका लागि बंगलादेशी उच्चस्तरीय आयुक्त तारिक कारिमले भने,”अहिले कोरोना कहरको मौका छोपेर चीनले आफ्नो स्वार्थ पूरा गरेको छ ।”

पाँच वर्षदेखि नयाँ दिल्लीमा रहेका बंगलादेशी कुटनीतिज्ञ कारिमले भने, “चीनले भारतविरुद्ध आफ्नो कार्ड प्रयोग गरेको पाइन्छ । भारतले आफ्ना छिमेकीसँग कसरी सम्मान गर्ने र विश्वास जित्‍ने भन्‍ने कुरा सिक्न‍ आवश्यक छ ।”

चीनले बंगलादेशको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको कोरोना महामारीमा सहकार्य गर्ने सहमति भएको थियो । यसले आगामी दिनमा जोखिम उत्‍पन्‍न गराउनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार