लाखाैकाे अनियमितता भएको ठहर

धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियामा अनियमितता गरेको ठहर भएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गत गठित छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो । समितिले खरिद प्रक्रियामा विभिन्न त्रुटिहरु औंल्याएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा एम्बुलेन्स खरिद प्रक्रियामा गम्भीर त्रुटी भएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा पहिले मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियामा खुला बजारको अवधारणअनुसार मूल्यमा प्रतिस्पर्धा नगराई एउटा मात्रै आधिकारिक उत्पादकको विक्रेताको मूल्यलाई आधार मानेकाले लागत अनुमान मितव्ययी भएको छैन ।

सम्झौता ६ करोड २५ लाख १२ हजारमा गरेर ६ करोड २६ लाख १३ हजार भुक्तानी दिएको, चार करोड ९८ लाख ९३ हजार पेस्की दिएको र फछ्यौट गर्दा १ दशमल ५ प्रतिशत र ६ दशमलव ५ प्रतिशत मुल्य अभिवृद्धि कट्टी गरेको नदेखिएको, टाटाका सवारी साधनलाई नियतवस जडान गरेर एम्बुलेन्स बनाएको, लागत अनुमान परिवर्तन गर्दा पुनः निर्णय नगरिएको भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार